आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरीको सामाखुसी पम्पको पेट्रोलमा पानी भेटियो

  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७



  • काठमाडौं । नेपाल प्रहरीको सामाखुसीस्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटिएको छ ।

    पेट्रोलमा पानी मिसिएर आएको पाइए पछि छानबिन सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइए पछि अनुसन्धान थालिएको नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए ।

    उनकाअनुसार पम्पमा शुक्रबार साँझ ८ हजार लिटर पेट्रोल हालिएको थियो । निगमको प्राविधिकसहितको टोलीले अहिले ४८ हजार लिटर क्षमताको पम्पको जाँच गरिरहेको उनले बताए । ग्राहकलाई पेट्रोलियम वितरण गर्नुपूर्व पम्पका कर्मचारीले जर्किनमा भरेको पेट्रोलमा पानी पाइएको थियो ।

    पम्पमा पानी मिसिएको पेट्रोल पाइएकोबारे जानकारीमा आएको र निगमले छानबिन गरिहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

    ‘एउटै ट्याकंरबाट तीन पम्पमा पेट्रोल वितरण गरिएको थियो तर अन्त समस्या छैन प्रहरीकोमा कसरी कैफियत देखियो, हामी छानबिन गर्दै छौँ, उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij