प्रकाशित मिति : बुधबार, बैशाख १०, २०७७
कैलालीमा लकडाउनका बेला बन्द रहेका पसलबाट सामान चोरी गर्ने एक जना पक्राउ परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ पृथ्वीपुर मोहना बजारस्थित रुभान फेन्सी पसलबाट गत चैत २० गते लुगाकपडा, नगद, चेक र पासबुक चोरी भएको थियो ।
यस्तै, सोही स्थानकोे कबिर एण्ड राज ट्रेडर्सबाट वैशाख ४ गत मोबाइल र राउटर चोरी भएको थियो।
घटनाबारे अनुसन्धान गरिरहको प्रहरीले बुधबार दुवै पसलमा चोरी गर्ने गौरीगंगा न.पा. १० भगतपुर बस्ने २० वर्षीय केशव चौधरीलाई पक्राउ गरेको हो।
उनलाई फेन्सी पसलबाट चोरी भएको त्रिपन्न हजार बराबरको सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोबाइल पसलबाट चोरी भएका करिब ४९ हजार बराबरको सरसामान पनि उनीबाट बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।
चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij