आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बढी मूल्य लिने मासु र औषधि पसल कारवाहीमा, दुई-दुई लाख जरिमाना

  • प्रकाशित मिति : आइतवार, बैशाख १४, २०७७



  • खसीको मासुलाई प्रतिकिलो १५ सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ।

    चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री वितरण गरेको पाइएकाले दुई लाख रुपैयाँ जरिमाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

    विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्य सूचीसमेत नराखेको पाइएकाले जरिमाना गरिएको हो।

    नियमित बजार अनुगमनका क्रममा शनिबार चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि दुई लाख जरिमाना गरिएको हो।

    उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा औषधालयमा अनुगमन गरिएको थियो।

    विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको २० लिएको सो औषधालयले खरीद बिलसमेत देखाउन नसकेपछि कारवाही गरिएको जानकारी उनले दिएका छन्।

    यसैगरी त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारवाहीस्वरुप पचास-पचास हजार रूपैयाँ जरिमाना गरिएको छ।

    उक्त हाउसमा मूल्य सूची नभएको भन्दै जरिमाना गरिएको विभागले बताइएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिमाना गरिएको विभागले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij