आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हरेक दिन कसलाई प्रेम गर्न चाहन्छिन् सुहाना ?

  • प्रकाशित मिति : आइतवार, बैशाख १४, २०७७



  • चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन चलिरहेको समय कोरोना सन्त्रासका कारण छायांकन रोकिन पुग्यो । अहिले नायिका सुहाना थापा घरमै छिन् । विगत एक महिना भन्दा लामो समयदेखिको लकडाउनका कारण उनको दैनिकी फेरिएको छ ।

    अहिले सुहाना आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । साथै, चलचित्रलाई थप उत्कृष्ट बनाउनका लागि अझै केही गर्न सकिन्छ कि भनेर आफ्नी आमा निर्देशक झरना थापासँग सल्लाह पनि गरिरहेकी छिन् ।

    नायिका थापा सामाजिक संजालमा भने सक्रिय छिन् । सुहानालाई सामाजिक संजालमा कहिले यूरोप, कहिले अमेरिका त कहिले क्यानडाका नागरिकको चिन्ता गर्दै गरेको पनि भेट्न सकिन्छ ।

    यी सबै देशमा पुगेकाले पनि सुहानालाई यी देशसँग लगाव बढेको हुनुपर्छ । उनै, सुहानाले आफूले हरेक दिन तिमीलाई प्रेम गर्न चाहेको भनेर लेखेकी छिन् ।

    सुहानाको यो भनाई कसलाई हो भन्न सकिने अवस्था छैन । तर, लक डाउनको समयमा उनले कसैलाई मिस गरेकी हुन् कि ? या उनले यो भावना आफ्ना शुभचिन्तकहरुका लागि व्यक्त गरेकी हुन ?

    जे भएपनि सुहानाले गर्न चाहेको प्रेम सधै बलियो होस्, हामी त यत्ती मात्र भन्न सक्छौ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij