प्रकाशित मिति : सोमवार, बैशाख १५, २०७७
विराटनगरबाट काठमाडौं आएकालाई फर्काइने भएको छ। आइतबार साँझ अलपत्र परेका व्यक्तिलाई विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको थियो। उनीहरु साेमबार बिहानै थानकाेट आएका थिए।
तर गृहमन्त्रालयले आवतजावतमा रोक लगाउन निर्देशन दिएसँगै उनीहरूलाई आएकै ठाउँमा फर्काउन लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
‘उनीहरू जहाँबाट आएका हुन् त्यही फर्काउने निर्णय गरियो,’ ज्ञवालीले भने, ‘करिब ५० जना जति बाँकी छन् आज बेलुकीसम्म फर्काइनेछ।’
उनका अनुसार रातिसम्म गाडीको व्यवस्था गरेर फर्काउने तयारी गरेको हो। सात वटा गाडीमा आएका उनीहरूलाई ड्राइभरले नागढुङ्गा नपुग्दै छोडेर फर्केका थिए। हिँडेर उपत्यका छिर्न खोजेकालाई प्रहरीले नागढुङ्गामा होल्ड गरेको डिएसपी घनश्याम श्रेष्ठले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij