आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सैनामैनामा थप कडाई दक्षिण भेगमा उच्च सर्तकता

  • प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७



  • टीका खरेल, सैनामैना रुपन्देही। रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले थप कडाई गर्दै दक्षिण भेगमा उच्च सर्तकता अपनाउने भएको छ ।

    नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।

    वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकबाट मधेस क्षेत्रका र भारततर्फबाट आउने व्यक्तिको आवातजावत वढी भएकोले सो निर्णय भएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँले बन्दाबन्दीको उल्लंघन हुन नदिन वडामा वडाध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिकाभित्रका प्रत्येक टोलमा वडासदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समिति समेत निर्माण भएको बताउनुभयो ।

    उक्त बैठकले नगरपालिकाभित्रका सामूदायिक वनभित्रका वनमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउदै दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्न विहान ८ बजेदेखि ३ बजेसम्म पसल खुला राख्ने निर्णय गरेको छ ।

    कृषकलाई चाहिने अावश्यक मल र बिउकाे प्रबन्ध मिलाउने निर्णय समेत गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले बताउनु भयाे । धान बाली लगाउने समय अाएकाेले कृषि शाखा मार्फत कृषिकलाई सुरक्षित तरिकाले बिउ खाध उपलब्ध गराउने समेत याेजना रहेकाे पन्थीले बताउनु भयाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij