आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतसँगको सीमा विवाद समाधानमा भएका कामको विवरण सात दिनभित्र पेश गर्न सरकारलाई निर्देशन

  • प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०७७



  • काठमाडौं, बैशाख ३१ । भारतसँगको सीमा विवादका सम्बन्धमा भएका कामबारे सात दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

    राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सीमा विवाद समाधानका लागि विगत ४ महिनामा भएका कामको विवरण सात दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

    भारतले गत मंसिरमा जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई उसको भूभागमा समेटेको थियो । तर त्यसको सर्वत्र विरोध भएको थियो ।

    त्यसैसन्दर्भमा २०७६ पुस ९ गते राष्ट्रिय सभामा नेकपा सांसद खिमलाल भट्टराईले सुगौली सन्धिले तय गरेको नेपालको सीमा कायम गर्न माग गर्दै पेश गरेको संकल्प प्रस्ताव पुस १७ गते सभाबाट पारित भएको थियो ।

    त्यही बेला परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय सभामा सीमा विवाद समाधान र लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ नक्शा जारी गर्ने बताएका थिए । तर, पाँच महिना हुँदा पनि आश्वासन पूरा हुनु त परै उल्टै लिपुलेकमै भारतले सडक बनाएर उदघाटन गरेपछि समितिले सरकारसँग विवरण मागेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij