आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीमापछि व्यापारमा पनि भारतले नेपाललाई दियो ठूलो धक्का ! नेपाली व्यापारी समस्यामा

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३, २०७७



  • काठमाडौं। नेपाली भूमिका भारतले सडक बनाएको विषयमा नेपालमा भारतको चर्को विरोध भइरहँदा भारतले नेपाललाई अर्को ठूलो झट्का दिएको छ । भारतले नेपाल र बंगलादेशबाट आफ्नो देशमा पाम तेल आयात गर्ने अनुमति रद्द गरिदिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भारतले दिएको यो व्यापारिक धक्काले नेपाललाई ठूलो आर्थिक नोक्सानी हुन सक्छ । नेपालले ठूलो परिमाणमा भारतमा प्रशोधित पाम तेल निर्यात गर्दै आइरहेको छ ।

    नेपाल र बंगलादेशबाट भारतमा साढे लाख टनभन्दा बढी प्रशोधित पाम तेल निर्यात हुन्छ । यसमा सबैभन्दा ठूलो हिस्सेदारी नेपालको छ । भारतमा पाम तेल निर्यात गर्ने ३९ वटा अनुमति पत्र रद्द गरिएको हो । भारत सरकारले जारी गरेको सर्कुलरमा गएको आर्थिक वर्षमा मात्र नेपालबाट भारतमा पाम तेल आयातको परिमाण ३१४ प्रतिशतले बढेर १ लाख ८९ हजार ३३ टन पुगेको उल्लेख छ ।

    नेपाल र बंगलादेशले भारतमा पाम तेल निर्यात गर्दा कुनै कर तिर्नु पर्दैन किनकि नेपाल, भारत र बंगलादेशबीच दक्षिण एशियाली निःशुल्क व्यापार सम्झौता (साफ्टा) मा हस्ताक्षर भएको छ । भारतले खारेज गरेका ३९ अनुमति पत्र मध्ये ३७ अनुमति नेपाल र बंगलादेशबाट आयात गर्नका लागि जारी भएका थिए भने २ वटा इण्डोनेशियाबाट आयात गर्नका लागि जारी भएका थिए । भारतमा आयात हुने खाने तेलको करिब २ तिहाइ हिस्सा पाम तेलले ओगटेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij