आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चन्द्रागिरि नगरपालिकामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ४, २०७७



  • काठाडाैं। चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो।

    नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिए। नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ। चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको रहेको छ। नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टाइन विस्तार गर्न लागेको छ।

    हाल चन्द्रागिरिमा कोरोना सङ्क्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ। हालसम्म सो नगरपालिकामा पाँचजनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जनाइएको छ।

    नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकालाई यही जेठ ७ गतेसम्म सिल गरिएको छ।

    नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध गरिएको छ । सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेशन वार्ड स्थापना गरी कोरोना सङ्क्रमितको उपचार गरिँदै आएको छ। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम हुन नदिन सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij