आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १३, २०७७



  • काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ ।

    भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्र्रमाण हो ।

    सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ ।

    भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनली भएको दाबी गर्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij