प्रकाशित मिति : मङ्लबार, जेष्ठ १३, २०७७
पोखरा । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए ।
दुुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुब गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरुलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले पनि कोरोना संक्रमित भेटिएपछि स्याङजामा टिम पठाएको जानकारी दिएका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ७ पुगेको छ । उनीहरुमध्ये २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij