प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७
काठमाडौँ : कोरोना भाइरस महामारीका बावजुद चिनियाँ टोली सर्वोच्च सगरमाथा आरोहण गरेको छ ।
यसको उचाइ नाप्न उक्त टोली तिब्बती पाटोबाट आरोहण गरेको हो । जुन पाटो आरोहणका लागि नेपालको पाटो भन्दा सजिलो मानिन्छ । यससँगै यस वर्ष सगरमाथा चढ्ने यही पहिलो र हालसम्म एक मात्र टोली भनेको छ ।
सगरमाथाको उचाइ अघिल्लो वर्षदेखि नै नाप्ने तयारी भइरहेको थियो । यो सिजन आरोहणका लागि उपयुक्त मानिन्छ । समुद्री सतहदेखि ८८४७ मिटर उचाइमा पर्ने सगरमाथाको उचाइबारे चिनियाँ पक्षबाट थपघट तथ्यांक आउने गरेको थियो ।
यस पटक आरोहण टोलीमा ५३ जना सहभागी छन् । जसलाई चीन सरकारले पठाएको हो । यसका लागि गत मार्चदेखि नै विज्ञहरुले काम गरिरहेका थिए । चीनले यसवाहेक ६ वटा अग्ला हिमालको पनि उचाइ नापेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij