आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बंगलाचुली गाउँपालिकामा एकहजार भित्रिए,१ सय ३८ को स्वाब संकलन

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७



  • कमिरेचौर, १४ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा बैशाख ३० गते यता झण्डै एक हजार जना भित्रिएका छन् । गाँउपालिकाको ८ वटै वडाका ९ सय ३८ जना नागरिकहरु बंगलाचुली आईपुगेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिनु भयो ।

    भारतबाट फर्केका सबैलाई गाउँपालिकामा रहेको स्कुलहरुमा राखिएको अध्यक्ष ओलीले जानकारी दिनु भयो । अध्यक्ष ओलीका अनुसार उनिहरु सबै मजदुरीका लागि भारतको विभिन्न ठाउँमा बसोबास गर्दै आएका थिए ।लामो समय लकडाउन भएपछि वेरोजगार भएर भारतमा अलपत्र परेका नागरिकहरु आफ्नो गाउँ फर्किएका हुन् ।

    बंगलाचुली गाउँपालिकाले भारतबाट घर फर्कन चाहाने आफ्ना नागरिकहरुलाई नेपाल भारत नाका बाट सम्वन्धित वडा सम्म निशुल्क ल्याउने व्यवस्था गरेको छ । यसैविच बंगलाचुली गाउँपालिकामा १ सय ३८ जनाको स्वाव संकलन गरिएको छ ।

    बुधबार बंगलाचुली गाउँपालिका वडा नं.३ र ४ का अध्यक्ष ,एक जना वडा सदस्य र एक जना पत्रकारको स्वाव संकलन गरिएको छ । साथै भरतबाट आई महेन्द्र मा.वी. श्रीवारी भवनको क्वारेन्टाईनमा बसेका १ सय १६ जनाको स्वाव संगलन गरीएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक भक्त बहादुर जिसिले जानकारी दिनु भयो ।

    बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक ईन्द्र घर्तीको व्यवस्थापन तथा वरिष्ठ ल्याव असिस्टेन्ट हरि प्रसाद घर्ती,ल्याव टेक्निसिएन प्रतिक शर्मा,डिला घर्ती लगाएतको प्राविधिक टिमले स्वाँब संकलन गरेको थियो ।

    यसअघि बंगलाचुली गाउँपालिका वडा नं.८ को जनकल्याण प्रा.वी हंसपुरमा बसेका १७ जना , ४ को झुलिडाँडामा बसेका १७ जना र वडा नं. १ को महेन्द्र मा.वी .स्यूजामा ३० जनाको स्वाँव संकलन गरिएको जि.सीले जानकारी दिनु भयो । स्वास्थ्य संयोजक जी.सीका अनुसार बंगलुचली गाउँपालिकामा २९ जनाको आरडीटि पनि गरिएको छ । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रदेशका अन्य पीसीआर जाँच सेवा उपलब्ध भएका अस्पत्तालहरु संग समन्वय गरी जति सक्दो छिटो अन्य वडाहरुका क्वारेन्टाईनमा बसेकाहरुको स्वाँब संकलन प्रकृया अगाडी बढाईने स्वास्थ्य संयोजक भक्त बहादुर जि.सीले जानकरी दिनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij