प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७
बिनिता शर्मा, काठमाडौ। गोर्खा जिल्लाको सहिद लखन गाउँपालिकामा अहिले ३१ जना क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापाले जानकारी दिनुभयो। 
छिमेकी राष्ट्र भारतबाट आएकाहरुलाई राखिएको हो।उनीहरु मध्य स्थानीय सहिद स्मृति माध्यमिक विद्यालयमा १२ जनालाई,भगवती हिमालय माध्यमिक विद्यालयमा ११ जनालाई,मनकामना माद्यामिक विद्यालय मनकामनामा ४ जनालाई र महारुद्र माध्यमिक विद्यालयमा ४ जना गरि जम्मा ३१ रहेकोे अध्यक्ष थापाले जानकारी दिनुभयो।

उनीहरुको अहिलेसम्म समय नपुगेको हुँदा pcr समेत नभएको १४ दिन पछी हुने उहाँले बताउँनुभयो। यी सबैलाई गाउँपालिकाले खाना र खाजाको ब्यबस्थापन गरेको र समय समयमा चिकित्सक गएर स्वास्थको हेरचाह गरेको र उनीहरुको लाई ईन्टरनेटको सुबिधा दिईएको उहाँले बताउँनु भयो।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij