प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७
टीका खरेल,जेठ १८, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने कार्य नगर्न अनुरोध गरेको छ ।
आज एक सुचना जारी गर्दै यस नगर अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई भर्ना गराउने कार्य नगर्न नगर शिक्षा शाखाले अनुरोध गरेको हो ।
नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले कोभिड भाइरसको महामारी फैलिरहेको सन्दर्भमा विद्यालयमा बालबालिकालाई भर्ना गराउने कार्य नगर्नु हुन र नगराउनु हुन समेत आग्रह गर्नुभयो ।
सबै विद्यालयहरुले अर्को सुचना जारी नभए सम्मका लागि कुनै पनि भर्ना कार्यक्रम संचालन नगर्न प्रमुख कार्कीको अनुरोध गर्नुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij