प्रकाशित मिति : सोमवार, जेष्ठ १९, २०७७
जनकपुधराम । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जकनपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
सादा पोशाकमा प्रदेश प्रहरी कार्यालयबाटै खटिएको टोलीले पैदल हिँडिरहेका राइनको गतिविधी शंकास्पद देखिएपछि चेकजाँच गर्दा हतियार बरामद भएको प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij