आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नु भनी जारी आदेश खारेजबारे आज सुनुवाई हुने

  • प्रकाशित मिति : सोमवार, असार १, २०७७



  • काठमाडौं । लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नु भनी सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले दर्ता गराएको भ्याकेटको निवेदनको आज(सोमबार) सुनुवाई हुँदैछ ।

    सरकारले कोरोनाको संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले कर दाखिल गर्नुपर्ने म्याद असार ७ र १५ गतेसम्म थप गरेकोमा बन्दाबन्दीले पेशा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको सञ्चालन गर्न नसकेको अवस्थामा करदातालाई असहज परिस्थितिमा गरिएको सरकारको निर्णय न्यायोचित नहुने भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

    सर्वोच्चले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर उठाउनु भनी गत बुधबार अर्थमन्त्रालय र आन्तरिक राजस्व विभागका नाममा दिएको आदेशको खारेजीको माग गर्दै अर्थमन्त्रालय र राजस्व विभागले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्चमा निवेदन दायर गरेका थिए ।

    सर्वोच्चको आदेश खारेजीको निवदेनको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुङ्गानाको संयुक्त इजलाशमा परेको र निवेदनको सुनुवाई आजै हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij