आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपिलवस्तु कारागारको सुरक्षा जिम्मा सेनालाई

  • प्रकाशित मिति : सोमवार, असार १, २०७७



  • १ असार, बुटवल । कोरोनाको कारण सशस्त्र प्रहरी अन्यत्र खटिनु परेपछि कपिलवस्तु कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा सोमबारदेखि नेपाली सेना खटिएको हो ।

    भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । कोरोना महामरीको विशेष परिस्थितिलाई मध्यनजर गर्दै कारागारमा खटिएको सशस्त्र प्रहरीको टीमलाई सीमा सुरक्षामा परिचालन गनुपर्र्दा नेपाली सेनालाई खटाउने निर्णय नेपाल सरकारले गरेको प्रजिअ पौडेलले बताए ।

    सरकारको निर्णयसँगै सोमबारदेखि कारागार कार्यालय कपिलवस्तुमा नेपाली सेनाको नारायण दल गुल्मका सेनानी ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा ४० जनालाई कारागार सुरक्षाको जिम्मा दिइएको छ । गुल्मले कारागारको बाहिरी सुरक्षाको जिम्मा लिइएको हो । कपिलवस्तु कारागारमा २ सय क्षमता रहेकोमा ४ सय २८ जना कैदी बन्दी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij