आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित

  • प्रकाशित मिति : बिहिबार, असार ४, २०७७



  • काठमाडौं, असार ४ । राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

    विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् ।
    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे लगत्ते सबैले ताली बजाएर स्वागत गरेका थिए ।

    त्यसअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि आ–आफ्ना धारणा राखेका थिए । कसैले संशोधन पनि दर्ता गराएका थिएनन् । दफावार छलफल सकिएपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव पेश गरेकी थिइन् ।

    लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्शा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मत पारित गरेको थियो ।

    राष्ट्रिय सभाले अब विधेयक पारित भएको सूचना प्रतिनिधि सभालाई दिनेछ । प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभाुमखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

    राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ ।

    गत जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्शा जारी गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij