आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बजेट व्यापक कटौती गरेको भन्दै धनकुटाका वडाध्यक्षहरु आन्दोलित

  • प्रकाशित मिति : शुक्रबार, असार ५, २०७७



  • धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका वडा अध्यक्षहरु आन्दोलित भएका छन् ।

    वडामा विनियोजन हुँदै आएको विकास बजेट व्यापकरुपमा कटौती गरिएको भन्दै धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ४, ५ र ६ का अध्यक्षहरुले गाउँपालिका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

    चालू आर्थिक वर्षका लागि विनियोजित ५० लाख रुपैयाँबाट घटाएर आउँदो आर्थिक वर्षका लागि प्रति वडा २० लाख रुपैयाँमा सिमित गर्ने निर्णय गरिएको भन्दै वडा अध्यक्षहरुले गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    असन्तुष्ट वडाध्यक्षहरु खड्गबहादुर लिम्बु, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले बजेट कटौतीको एकलौटी निर्णय फिर्ता नलिए आन्दोलन थाल्ने चेतावनीसमेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij