प्रकाशित मिति : शनिबार, असार १३, २०७७
निलम ओली, दाङ। दाङ जिल्लाको बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको जनकल्यान मा. वि. पदमपुर हापुरे क्वारेन्टाइनमा बसेका ४जना व्यक्ति भागेपछि आज त्यहाँको अबस्था केही बेर अस्तब्यस्त हुन पुग्यो।
कोरोना भाइरसको स्वाव संकलन गरेको लामो समय भएपनि अझै रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनबाट भागेको बताईएको छ्। अन्यले पनि रिपोर्ट ढिलो आएको भन्दै घर जानुपर्ने मागका साथ आफ्ना आफ्ना ब्याग बोकेर क्वारेन्टाइनको गेटमा निस्किने तयारीमा थिए भने प्र. चौ. हापुरेका ईन्चार्ज देबराज ओली तत्काल पुगेर निस्किन लागेका हरुलाई रोकेर सम्झाई गरीरहेको बेलामा ईलाका प्रहरी कार्यालय खिल्लतपुरका प्रमुख प्र. नि.मोहन बिक्रम के. सी. पुगेर सबैलाई गेट भित्र लागि करिबकरिब आधा घण्टा काउन्सिलिङ गरि माहोल मथ्थर बनाएर सबैलाई आ आफ्नो रिपोर्ट नआउँदासम्मका लागि धैर्य गरि बस्न आग्रह गर्दै निस्किनु भएको थियो। तर त्यहाँ स्थानीय सरकारका प्रतिनिधिको उपस्थिति नदेखिएकोले झन त्यहाँ बसेकाहरुको आक्रोश बढी देखिन्थ्यो।
https://www.facebook.com/jaljalanews/videos/275274743588934/?epa=SEARCH_BOX
उनीहरु स्वाव संकलन गरी पठाएको २७ दिन सम्मपनि रिपोर्ट नआएको भन्दै विद्यालयको गेटसम्म आई घर जान तम्सेका हुन । क्वारेन्टाइनमा बसेकाहरुको आज साझसम्म रिपोर्ट आउने बबई स्वास्थ्य शाखाका प्रमुख हरी खड्काले जानकारी दिनुभयो।
क्वारेन्टाइनबाट भागेकाले उनिहरुको खोजी कार्य भै रहेकोे प्रहरी निरीक्षक के सी ले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij