आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनवल नगरपालिकाद्वारा हिलपार्क क्षेत्रमा वृक्षारोपण

  • प्रकाशित मिति : सोमवार, असार १५, २०७७



  • नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाद्वारा वडा नम्बर १ मा निर्माण गर्न लागिएको हिलपार्क क्षेत्रमा सोमबार वृक्षारोपण गरिएको छ ।

    राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १५ लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन हिलपार्कमा जाने बाटो क्षेत्र वरिपरि वृक्षारोपण गरिएको हो । सो क्षेत्रमा बोटलपाम (१ सय ४) करबिर (३ सय ५०) घण्टिफुल (२ हजार १ सय) स्वामि (२३) कल्कि (१ सय) अशोका (५ सय) गार्डेन कटेन (१ सय) रोयल पाम (५०) गरि अन्य १६ प्रजातिका ४ हजार ६ सय ९८ सौर्न्दर्यबर्धक विरुवा खरिद गरि १ हप्तामा वृक्षारोपण कार्य सकिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बुटवल कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिए ।

    कार्कीले सो विरुवा खरिदमा मात्रै १३ लाख ६२ हजार रुपैयाँ खर्च भएको वताए । हिलपार्क निर्माणाधीन क्षेत्र चुरेको काखमा नै रहेको र भविष्यमा त्यस क्षेत्रमा पर्न सक्ने पानी, माटो र वातावरणीय क्षतिको असरलाई मध्यनजर गर्दै त्यसको संरक्षणका निमित्त वातावरणमैत्री विकासको स्वरुप वृक्षारोपणका लागी चुरे संरक्षण विकास समितीले सो आर्थिक रकम तथा प्राविधिक सहयोग गरेको उनको भनाई छ ।वृक्षारोपण कार्यका लागी चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका सुचिकृत बेरोजगार व्यक्तिहरूलाई खटाइएको नगरपालिकाका रोजगार संयोजक शकर पन्थीले बताए ।

    सो वृक्षारोपण कार्यक्रम उद्घाटनका प्रमुख अतिथी नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागी सुनवल नगरपालिकाले हिलपार्क निर्माण कार्यलाई १५ वर्षे गौरवको योजनाको रुपमा अगाडि बढाएको र आफुहरुको योजनालाई प्रदेश सरकारले सहयोग गरेको बताए । हिलपार्क निर्माण सम्पन्न पश्चात अबलोकनका लागी आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य वृद्धि हुने क्षेत्रीको विश्वास छ ।

    सुनवल चौराहा देखी झन्डै साढे ४ किलोमीटरको दुरिमा निर्माण गर्न लागिएको हिलपार्कका लागी ५ नम्बर प्रदेश र नगरपालिकाले बराबरी आर्थिक लगानीमा सहकार्य गरिरहेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा हिलपार्क निर्माण क्षेत्रसम्म जानका लागी बाटो निर्माण, बिजुलि, खानेपानी र शौचालयको निर्माण सम्पन्न गरिसकेको छ । कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगरका कर्मचारी, उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, स्थानिय समाजसेवी लगाएतको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij