आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नायिका साम्राज्ञी र भुवन केसीबीच ‘लफडा’ : भुवनमाथि लाग्यो गम्भीर आरोप

  • प्रकाशित मिति : मङ्लबार, असार १६, २०७७



  • काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीबीच आरोप प्रत्यारोप चुलिएको छ । यसले नेपाली सिने क्षेत्र तताएको छ ।

    साम्राज्ञीले भुवनलाई यौन दुर्व्यवहारको आरोप समेत लगाएकी छन् । उनले पोष्ट गरेको भिडियोमा भुवनमाथि गम्भीर आरोप लगाएको देखिन्छ ।

    केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी हुन । सम्बोधनमा आफूलाई छोरी भनेपनि भुवनले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीको आरोप छ ।

    शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा पाँच वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन । सोही सिलसिलामा भुवनमाथि आरोप लगाएकी हुन ।

    फिल्म ‘ड्रिम्स’ को छायाकंनका बेला आफूले भोगेका नराम्रा अनुभवहरु साटेकी छन् । भुवनले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका छन् ।

    भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’

    भुवनले उक्त आरोपहरु निराधार रहेको बताउँदै आएका छन् । चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको बताउँदै उनले आफ्नो परिवार भनेकै चलचित्र उद्योग भएकाले सबैलाई समान ब्यवहार गरेको बताएका छन् ।

    भुवनले नै आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याएकी थिइन् । उक्त फिल्ममा भुवनकै छोरा अनमोल केसी नायकको भूमिकामा थिए ।

    केही समय अघि साम्राज्ञी र अनमोलबीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो । तर अहिले भने उनीहरुबीच सम्बन्ध टुटीसकेको बताइन्छ ।

    साम्राज्ञीले ड्रिमको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टिकोण राख्दै आएको जनाएकी छन् । जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन् ।

    साम्राज्ञीले भनेकि छन्–’सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्मातारनिर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यवहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु ।’

    फिल्म क्षेत्रमा प्रवेश गर्ने नव नायिका यस्ता दुर्व्यवहारबाट गुज्रिनुपर्ने वास्तविकता साम्रज्ञीले उदाङ्गो पारेको भन्दै सामाजिक संजालमा बहस चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij