प्रकाशित मिति : शुक्रबार, असार १९, २०७७
पोखरा । कास्कीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
बिहीबार विहान बर्दिया मधुवन गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय लौटन थारु मृत अवस्थामा फेला परेका हुन्।
कास्की रुपा गाउँपालिका-६ फालभञ्ज्याङ स्थित राम बहादुर खड्काको घरमा डेरा गरी बस्दै आएका थारु बुधबार राती खाना खाएर सुतेकोमा भोलिपल्ट (बिहीबार) बिहान ६ बजे उनका साथीले मृत अवस्थामा फेला पारेको जनाइएको छ।
मृतक सडकमा नाला खन्ने काम गर्दै आएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij