प्रकाशित मिति : बुधबार, असार २४, २०७७
कैलाली, असार २४ । सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढीस्थित प्रयोगशाला र डडेल्धुरास्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बुधबार थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका आठ, कञ्चनपुरका सात, बझाङका चार, बैतडीका दुई र दार्चुलाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराकै दुईजनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
यता, धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप नौजनामा कोरोना पुष्टि भएको छ ।
आठ पुरुष र एक महिला गरी थप नौजनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार डोटीका चारजना र कञ्चनपुरका पाँचजनामा संक्रमण देखिएको हो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८७१ पुगेको मन्त्रालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij