आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट व्यवसायी नै पछि हटे

  • प्रकाशित मिति : बुधबार, असार ३१, २०७७



  • काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि सार्वजनिक यातायात पनि सञ्चानलन गर्न दिनुपर्ने माग व्यवसायीले गरे ।

    उनीहरूको माग सम्बोधन गर्दै सरकारले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गर्‍यो ।

    तर सरकारको निर्णयलगत्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विभिन्न सर्त अघि सार्दै गाडी नचलाउने निर्णय गर्‍यो ।

    महासंघ मातहतका व्यवसायीलाई गाडी नचलाउन निर्देशन नै जारी गरियो । तर, कम्पनी मोडलमा दर्ता भएका र महासंघ मातहतमा नरहेका अन्य केही यातायात व्यवसायीले गाडी गुडाउन थालेसँगै महासंघलाई भने दवाव परेको छ ।

    महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले आफूहरूको कुनै माग नै नरहेको बताउनुभयो । उहाँले सरकार सवारीसाधन चलाउँदा चालक र सहचालकको स्वास्थ्य सुरक्षाका बारेमा मात्र प्रश्न उठाएको बताउनुभयो ।

    उहाँले सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सवारीसाधन सञ्चालन गर्न भनेपनि चालक र सहचालकको सुरक्षाका बारेमा केही उल्लेख नगरेको उहाँले बताउनुभयो ।

    महासंघमा २९४ वटा सार्वजनिक यातायात व्यवसायीका कम्पनी आवद्ध छन् ।

    सार्वजनिक यातायात सञ्चालन गर्दा मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री सरकारले दिनुपर्ने माग व्यवसायीको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij