आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सल्यानको शारदा नगरपालिकामा थप २ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : सोमवार, साउन ५, २०७७



  • बिनिता शर्मा,सल्यान । शारदा नगरपालिकाका क्वारेन्टाइनमा बसेका नगरबासीहरुको पछिल्लो चरणमा गरिएको पिसिआर टेस्टको नतिजा अनुसार थप २ जनामा कोरोना सङ्क्रमन पुष्टि भएको नगरपालिकाले जनाएको छ।

    यहि साउन २ गते २७ जनाको स्वाव सङ्कलन गरि नेपालगंज स्थित प्रयोगशालामा पठाइएकोमा २ जनामा कोरोना सङ्क्रमन पुष्टि भएकोहो।यो संगै नगर भित्र कोरोना सङ्क्रमितको सङ्ख्या ६ पुगेकोछ।

    नगरका कोरोना फोकल पर्सन रबिन बिस्टका अनुसार कोरोना पुष्टि हुनेहरु १ जना शा न पा २ र अर्का १ जना शा न पा १५ का रहेका छन।कोरोना पुष्टि हुनेहरु २ नम्वर वडाका साउदी र १५ नम्बर वडाका कतारबाट घर फर्किएका हुन।

    शारदा नगरपालिकामा यसअघि गरिएको पिसिआर टेस्टमा ४ जनामा कोरोना पुष्टि भैसकेको छ।उनिहरु मध्य ३ जना निको भैसकेका छन भने १ जना अहिलेपनी आइसोलेसनमा छन।
    शारदा नगरपालिकाले भारत र तेस्रो मुलुकबाट नगरमा प्रवेश गरि क्वारेन्टाइनमा बसेका ५ सय १७ जनाको हालसम्म पिसिआर टेस्ट गरिसकेको शारदा नगरपालिका सल्यानका नगर प्रमुख शुरेस अधिकारीले बताउँनुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij