आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्सामा ५ थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : शुक्रबार, साउन ९, २०७७



  • ८ साउन, वीरगञ्ज । पर्सामा ५ जना थुनुवासहित ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

    संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना थुनुवा पजि छन् । उनीहरु मध्ये चार जना भारतीय नागरिक हुन् ।

    अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पीसीआर गराउनेहरु छन् । उनीहरु सबैलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

    साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरको २३ बर्षीय छोरामा कोरोना देखिएको छ ।
    यसअघि उनको दुई जना छोरीमा पनि कोरोना देखिएको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३५ बर्षिय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

    साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्ज–१४ श्रीपुरकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–२९ की २५ बर्षिया किशोरी, वीरगञ्ज–१३ की ४८ बर्षिया महिला र ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी २२ बर्षीया महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै अन्य संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २२ बर्षीय पुरुष, वीरगञ्ज– १० बस्ने ६०, ३५, २९ बर्षीया महिला, १४ बर्षका किशोर, घण्टाघरका २५ बर्षीय पुरुष, र वीरगञ्ज–१३ बस्ने ९ महिनाको बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

    आफैंलाई शंका लागेर पैसा तिरेर पीसीआर परीक्षण गराएका बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ बर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ बर्षीय पुरुष, वीरगञ्ज–१० बजरंग टोल बस्ने २९ बर्षीय पुरुष, वीरगञ्ज– १२ मुर्ली बस्ने १६ वर्षका दुई पुरुष र ३८ बर्षीया महिला, वीरगञ्ज–२० का ३२ बर्षीय पुरुष, वीरगञ्ज–२ छपकैया बस्ने ३० बर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

    यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ ।

    संघका सचिव डा उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमित भेटिएका कारण एडभान्स अस्पताल पूर्ण रुपमा बन्द भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij