आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना परीक्षण गरि पास लिएर काठमाडौं भित्रिनेहरु पनि संक्रमित

  • प्रकाशित मिति : बिहिबार, साउन १५, २०७७



  • काठमाडौं। काठमाडौं उपत्यका बाहिरबाट पास लिएर काठमाडौं प्रवेश गर्नेहरु पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ। काठमाडौं प्रवेश गर्ने प्रवेश गर्ने तीन वटा नाकामा संकलन गरिएको स्वाब मध्येबाट २४ जना कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

    पछिल्ला दिनहरुमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा ट्राभल हिस्ट्री नभएका मानिसहरुसमेत कोरोना पोजेटिभ देखिइरहेका बेला राजधानी उपत्यका भित्रिनेहरुले जिल्लाबाट आउँदा कोरोना परीक्षण गरि पास बनाएर आउँदा पनि संक्रमित देखिनुले महामारीको जोखिम झन बढाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij