आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनैतिक क्रियाकलापमा संलग्न एक जोडी प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, साउन २१, २०७७



  • रौतहट । प्रहरीले अनैतिक कार्य गर्दै गरेको अवस्थामा एक जोडीलाई पक्राउ गरेको छ । रंगेहात पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का श्यामबाबु राय यादव र एकजना महिला रहेकी छिन् । यमुनामाई गापाको कार्यालय छेउ सरुअठा चौकमा गएराति एक छाप्रोमा अनैतिक क्रियाकलाप गर्दागर्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सो घटनामा अन्य तीन जना पनि सहभागी रहेको प्रहरीको भनाई छ ।

    चन्द्रपुरबाट ४ जनाले एक महिलालाई पाँच सय रुपैयाँ दिएर प्रलोभनमा पारी सो कार्य गरेको जनाइएको छ । यादव पक्राउ परेपछि उनीसंगै रहेका अन्य ३ जना भाग्न सफल भएका थिए । सरुअठा प्रहरी चौकी बडहर्वाबाट गएको गस्ती टोलीले यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका जोडी जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले घटनाबारे आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएका छन् । साथै फरार अन्य ३ जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij