आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश २ का मन्त्री यादवलाई कोरोना पुष्टि, बालुवाटारमा विशिष्टहरुलाई भेटेको तथ्य खुल्यो

  • प्रकाशित मिति : बिहिबार, साउन २२, २०७७



  • काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उहाँको स्वास्थ्य सामान्य छ।

    कोरोना पुष्टि भएका यादवले पछिल्लो एक हप्तामा बालुवाटारसम्म पुगेर उच्च पदस्थ ब्यक्तिलाई भेटेको खुलेको छ ।

    मन्त्री यादवका चालक, व्यक्तिगत सुरक्षा गार्ड, अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि संक्रमण पुष्टि भएको बुझिएको छ ।

    बालुवाटारसम्म पुगेर उच्च स्तरीय ब्यक्तिहरुसँग भेटेको खुलेपछि प्रधानमन्त्री निवासमा सतर्कता अपनाइएको छ ।

    मन्त्री यादव बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्दै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठक सहभागी हुनुभएको थियो ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका दुई सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतको सहभागितामा थियो ।

    मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्कनुभएको थियो । काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको हो । उहाँले धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij