आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रिय भवनसंहिता अध्यावधिक

  • प्रकाशित मिति : शनिबार, साउन २४, २०७७



  • काठमाडौं । नेपालमा साना–ठूला सबैखालका भवनहरुलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवनसंहितालाई अध्यावधिक गरिएको छ ।

    नेपालमा ‘राष्ट्रिय भवनसंहिता १९९४’ कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले ‘अध्यावधिक राष्ट्रिय भवनसंहिता २०२०’ लाई स्वीकृत गरेको हो ।

    नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवनसंहिता एवं यससम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्पप्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवनसंहिता अध्यावधिक गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

    अध्यावधिक राष्ट्रिय भवनसंहिता स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भरपर्नुपर्ने अवस्थाको अन्त्य भएको जनाइएको छ ।

    अध्यावधिक गरिएको भवनसंहिताका आधारमा सबैखालका भवनको डिजाइन गर्न सकिने बताइएको छ ।

    यस संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरुप भूकम्पप्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्न मद्दत गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij