प्रकाशित मिति : शनिबार, साउन २४, २०७७
काठमाडौं। नेपाल विद्युत प्राधिकरण ढल्ेकबर ग्रीड शाखा, धनुषाका प्रमुख उपप्रबन्धक रितेश गुप्ता एक करोड २४ लाख ९१ हजार रुपैयाँको बैंक चेकसहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार सिन्धुलीको कमलामाई नगरपालिकाबाट नियन्त्रणमा लिएको हो।
काम नभएको आयोजनाको भुक्तानीका लागि पहिला नै चेक काटेर लिएको भन्ने उजुरीका आधारमा उनलाई चेकसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।
प्रेस विज्ञप्ति :- मिति २०७७।०४।२४ गते।
——————————————–
नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप-प्रबन्धक (नवौं तह) रितेश गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाण्डौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज रितेश गुप्तालाई शंकास्पद रुपमा रु.१,२४,९१,१४५।२० (एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा) बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर काठमाडौं जाने क्रममा जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.९ बाट उक्त कार्यालयका चेकहरु तथा सो सँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
तारानाथ अधिकारी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij