प्रकाशित मिति : आइतवार, साउन २५, २०७७
टिका खरेल ,सैनामैना । नाथु थारु र सोफु थारु दाजुभाई हुन । विगतमा आफ्नो लालपुर्जा पाउँनको लागि नापि गरिएको जग्गा भएरपनि सुकुम्बासीलाई जस्तै समस्या उनिहरुमा थियो । किन भने उनिहरुसँग जग्गा धनि लालपुर्जा हातमा आएको थिएन , गाउँ ब्लकको जग्गा थियो ।
रुपन्देहीको सैनामैना पर्राेहामा बस्दै आएका उनिहरुको २०७१ सालमा जिल्ला नापि कार्यालयले जग्गाको नापी लियो र अहिले आएर हातमा लालपुर्जा दियो नापि कार्यालयले सैनामैना नगरपालिकामा आएर लालपुर्जा हातमा दिएपछि दाजुभाई खुशी हुँदै घरतर्फ लागे ।
त्यस्तै चिन्ना बहादुर थारु पनि आईतबार खुशी देखिन्थे । हातमा रातो लालपुर्जा देखाउँदै भने – नम्बरी जग्गा भएर पनि हामी सुकुम्बासी जस्तै भएका थियौं । जमिन भएर पनि बैंकमा ऋण लिन धितो राख्नको लागि लालपुर्जा थिएन हामीसँग अहिल बल्ल लालपुर्जा पाएका छौं , आफुहरु पनि जग्गााको धनि भएको उनले बताए ।
पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउन थालेपछि खुशी भएका छन् ।
आईतबार सैनामैना नगरपालिकाका १ सय ८८ जनाले गाउँ ब्लक जग्गाको लालपुर्जा पाएका छन । २०७१–७२ सालमा सैनामैना नगरपालिकाको साविक पर्राेहा र सालझण्डी गाविस हुँदा नापि गरिएका गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । आईतबार झारबहिरा , उचिडिहवा , पानबारी , दोगरा , लेडुवा , रन्यौंरामा रहेका गाउँ ब्लक जग्गाका धनिलाई पुर्जा वितरण गरिएको नापि कार्यालय रुपन्देहीका प्रमुख अजित कुँवरले बताए ।
यसै आर्थिक वर्षमा नापि लिईएका ब्लक गाउँका जग्गालाई लालपुर्जा वितरण गर्ने कार्यक्रम अन्र्तगत सैनामैना नगरपालिकामा पनि वितरण गरिएको उनले जानकारी दिए । रुपन्देही जिल्लामा करिब १४ सय गाउँ ब्लकको जग्गा रहेको र ८० गाउँ ब्लकको जग्गालाई लालपुर्जा वितरण गरिएको बताए । बाँकी जग्गाको लालपुर्जा बाड्ने प्रक्रियामा रहेको कुँवरले जानकारी दिए ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरमा अब्यवस्थित जग्गाको समस्या रहेको बताए । सरकारले जग्गा सम्बन्धी समस्या हल गर्नको लागि बनाएको भूमि सुधार आयोगबाट समस्याको सामाधान हुने विश्वास लिए ।
कार्कीले भने –नगरपालिकामा भएको अब्यवस्थित जग्गाको नापँ ,चाँज र श्रेस्ता तयार गरिने छ र लालपुर्जा वितरण गर्नको लागि नगरपालिकाले आफ्नो कामको पहिलो प्राथमिकता राखेको बताए । आईतबार वितरण गरिएको गाउँ ब्लकको जग्गा मूल्यवान छ ,उनले भने यसमा आफ्नो स्वामित्वमा राखेर यसको उपभोग गर्नको लागि आग्रह गरे ।
गाउँ ब्लकमा रहेका जग्गा उचाईमा छन कार्कीले भन्छन नगरपालिकाले बाटो पुराएको छ , आवश निर्माणको लागि जग्गा उपयुक्त रहेको दाबी गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij