आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो तवरले फैलिँदै

  • प्रकाशित मिति : बुधबार, साउन २८, २०७७



  • काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण निकै डरलाग्दो तवरले फैलिँदै गएको छ ।

    साउन महिनायता बढ्दै गएको संक्रमणका कारण स्थिति भयावह आउनसक्ने संकेत देखाएको छ ।

    संक्रमण देखिएको चार महिनाको अवधिमा काठमाडौं उपत्यकामा ३२८ जनामात्र कोरोना संक्रमित थिए ।

    तर, बन्दाबन्दी खुलेको साउन ७ गतेयता २० दिनमा यो संख्या बढेर एक हजार ४५२ पुगेको छ । हाल काठमाडौं जिल्लामा मात्र एक हजारमाथि संक्रमित छन् ।

    ‘लकडाउन’ खुलेसँगै बढ्न थालेको संक्रमितको संख्या दिनहुँ उकालो लाग्नेक्रममा छ ।

    साउन २७ गते काठमाडौंमा ११० सहित उपत्यकामा १३४ जनामा संक्रमण पुष्टि भयो । २८ गते १३८ जनामा संक्रमण देखियो । यो संख्या उपत्यकामा संक्रमित भेटिन थालेपछि अहिलेसम्मकै उच्च हो ।

    साउन २३ गते १२४ जना संक्रमित फेलापरेका थिए भने २१ गते १०२ जना संक्रमित भेटिएका थिए । उपत्यकामा अहिले १२ सय ६० जना सक्रिय संक्रमित छन् ।

    उपत्यकामा संक्रमण प्रहरी हेडक्वार्टरदेखि, अख्तियार, नेताका सुरक्षाकर्मी, व्यापारिक क्षेत्र हुँदै सर्वसाधारणसम्म फैलिसकेको छ ।

    संक्रमितमध्ये ६० प्रतिशत आयातित नै रहेको जनाइएको छ । जसमा बारा, पर्सा र भारतबाट आएका बढी छन् ।

    यो फैलावटलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विज्ञहरुले निकै डरलाग्दो रहेको बताउँछन् ।

    सुरुका केही दिन आयातित ‘केस’ रहेतापनि हाल संक्रमण दोस्रो–तेस्रो चरणमा प्रवेश गरिसकेको उनीहरुको भनाइ छ ।

    परिवारको कुनै सदस्यमा देखिएको संक्रमण एकपछि अर्को व्यक्तिमा सर्दैछ । जसले अबको अवस्था निकै चुनौतीपूर्ण हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij