आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साँखुमा तीनजना कोरोना संक्रमित

  • प्रकाशित मिति : बुधबार, साउन २८, २०७७



  • काठमाडौं, साउन २८ । शङ्खरापुर नगरपालिकामा तीनजना कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।

    नगरपालिका–९ मा दुई र वडा नम्बर–७ मा एक गरी तीनजनामा कोरोनाभाइरस भेटिएको हो ।

    वडा नम्बर–९ मा एकै परिवारका आमा र छोराको ‘पीसीआर रिपोर्ट पोजिटिभ’ आएको वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो ।

    संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

    त्यसैगरी, शङ्खरापुर–७, नगरपालिका भवननजिकै एकजना संक्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए ।

    बारामा पीसीआर परीक्षण गरी दुई दिनअघिमात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij