प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०७७
काठमाडौं। नेपाल प्रहरीका सहायक निरीक्षक (असई) दिलिप कार्की एक करोड ८ लाख १९ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४–०७५ र आर्थिक वर्ष २०७५,०७६ मा गरी एक करोड ८ लाख १९ हजार १८४ रुपैंयाँ हिनामिना गरेको भन्दै प्रहरी मुख्यालय नक्सालले अख्तियारमा पत्र पठाएको बताए।
उनले सो पत्रका आधारमा अनुसन्धान गर्दा कार्कीले हिनामिना गरेको पाइएकोले आयोगले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij