आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञाः के गर्न पाइन्छ/पाइँदैन ?

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०७७



  • काठमाडौं, भदौ ३ । बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा जारी हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै कामहरु ठप्प हुनेछन् ।

    एक हप्ताका लागि लागू गरिएको निषेधाज्ञा नटेरे ५०० रुपैयाँ जरिवाना र एक महिनासम्म कैद हुनेछ ।

    उपत्यकामा निषेधाज्ञा जारी भएपनि दैनिक उपभोग्य र अत्यावश्यक कामका लागि नरोक्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    उपत्यकामा निषेधाज्ञा रहुन्जेल के गर्न हुने र के गर्न नहुने छुट्ट्याइएको छ ।

    निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैन ।

    अत्यावस्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका व्यापार, व्यवसाय बन्द हुनेछन् ।

    अत्यावश्यक सामग्री ढुवानीका सवारी-साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी-साधनबाहेक उपत्यकाभित्र सवारी-साधनलाई प्रवेश गर्न दिइने छैन ।

    निजी तथा सार्वजनिक यात्रुवाहक सवारी-साधन सञ्चालन गर्न पाइने छैन ।

    नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म समय तोकिएको छ ।

    औषधि, खाद्यवस्तुु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, ‘क्वारेन्टिन’, ‘आइसोलेसन’, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने-आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी-साधनका लागि पूर्वअनुमति आवश्यक पर्ने छैन ।

    मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पाइने छैन ।

    शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षालगायतका क्रियाकलापहरु सञ्चालन गर्नसमेत निषेध गरेको छ ।

    यस्तै, सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत सञ्चालन गर्न पाइँदैन ।

    फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेस्टुँरासमेत सञ्चालन गर्न पाइने छैन ।

    आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेमाथि पनि प्रचिलत कानुनबमोजिम हुनेछ ।

    ‘लकडाउन’ नै नभएपनि निषेध गरिएको आदेश भएकोले सबैले यसलाई पालना गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij