आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वभर संक्रमितको संख्या २ करोड २४ लाख, सात लाख ८४ हजार बढीको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, भदौ ४, २०७७



  • काठमाडौं। कोरोना भाइरसबाट विश्वभरमा हालसम्म २ करोड २४ लाख ५ हजार ८८० जना संक्रमित भएका छन्। तीमध्ये १ करोड ५० लाख ४५ हजार ८७९ जना उपचारपछि निको भएका छन् भने ७ लाख ८४ हजार ३३८ जनाको मृत्यु भएको छ।

    सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा हालसम्म ५६ लाख ५५ हजार ७४ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख ७५ हजार ७४ जनाको मृत्यु भएको छ भने ३० लाख ११ हजार ९८ जना उपचारपछि निको भएका छन्।

    यसैगरी ब्राजीलमा हालसम्म ३४ लाख ११ हजार ८७२ जना संक्रमित भएका छन्। ब्राजीलमा १ लाख १० हजार १९ जनाको मृत्यु भएको छ भने २५ लाख ५४ हजार १७९ जना उपचारपछि निको भएका छन्।

    धेरै संक्रमित हुने मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा २८ लाख ३५ हजार ८८२ जना संक्रमित पुगेका छन्। भारतले २० लाख ९६ हजार ६८ जना उपचारपछि निको भएका छन्। भारतमा हालसम्म ५३ हजार ९९४ जनाको मृत्यु भएको छ। भारतमा बुधबारमात्रै ९७९ जनाको मृत्यु भएको थियो। भारतमा अहिले ६ लाख ८५ हजार २३१ जनाको उपचार भइरहेको छ।

    रुसमा हालसम्म ९ लाख ३२ हजार ४९२ जना संक्रमित भेटिएका छन्। त्यहाँ १५ हजार ८७२ जनाको मृत्यु भएको छ भने ७ लाख ४२ हजार ६२८ जना उपचारपछि निको भएका छन्।

    उता इसाईहरुका सबै भन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले कोरोना भ्याक्सिनको उपलब्धतामा कुनै पनि भेदभाव नगर्न अपील गरेका छन्। उनले भ्याक्सिन धनीलाई प्राथमिकतामा राखेर गरिवलाई नदिने नीति नलिन आग्रह गरेका हुन्।

    ‘यो महामारी एत्र त्रासदी हो, यसबाट त्यतिबेला मात्रै छुटकारा पाउन सकिन्छ जतिबेला विना भेदभाव मानिसहरुले प्रयास गर्छन्,’ उनले भने, ‘भ्याक्सिन आएपछि गरिवसम्म पुग्न सकोस्, यसको सुनिश्चित गर्नु सबैको काम हो।’

    उता अमेरिकाको फ्लोरिडा यस्तो पाँचौं राज्य बनेको छ, जहाँ मृत्यु हुनेको संख्या १० हजार भन्दा धेरै पुगेको छ। उता इरानमा बुधबार १५३ जनाको मृत्यु भएको छ। योसँगै इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १२५ पुगेको छ। इरानमा तीन लाख भन्दा धेरै संक्रमित छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij