आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना संक्रमितको अनुभव : ‘बाफ लिएँ, कागती पानी र बेसारपानी पिएँ’

  • प्रकाशित मिति : बिहिबार, भदौ ४, २०७७



  • दमौली । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो ।

    साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।

    त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको छ ।

    पोखरामा गरिएको स्वाब परीक्षणमा उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

    कोरोनामुक्त भएपछि रासससँग कुराकानी गर्दै अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो ।

    “कोरोना सङ्क्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन”, पौडेलले भन्नुभयो, “निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।”

    पौडेलले कोरोना सङ्क्रमण भए पनि औषधि भने प्रयोग नगरेको जानकारी दिनुभयो । “बाफ लिएँ कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरैं”, उहाँले भन्नुभयो, “एक दिन सामान्य रुघा लागेको थियो तर खास समस्या भएन ।”

    कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सजग हुनुपर्ने पौडेलको सुझाव छ । “हिँडडुल गर्दा, अरुसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्दा सुरक्षित हुन्छ ।”

    सोही दिन कोरोना सङ्क्रमित हुनुभएका देवघाट गाउँपालिका–५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

    देवघाटका समुदायका दुई व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट–५ का २७ वर्षीय स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij