आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई महिनामा बाँके प्रहरी प्रमुखले गरे महत्त्वपूर्ण कार्य

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०७७



  • बिनिता शर्मा, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एस. पी.) ओमबहादुर रानाले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको दुई महिना पुगेको छ । गत असार ५ गते उहाँ जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भईआउँनुभएको थियोे ।
    एस पी रानाले बाँकेको यो दुई महिने कार्यकालमा महत्वपूर्ण काम गर्नुभएको छ। उहाँको दुई महिने कार्यकालमा भएका गतिविधिहरु सार्वजनिक गरीएको छ ।
    रानाको कमाण्डमा रहेको बाँके प्रहरीले यो दुई महिने अबधिमा विभिन्न अपराधमा संलग्न ठूला मोष्ट वान्टेड अपराधीदेखि लिएर विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

    जिल्लामा हाजिर भएको चार दिन भित्रै बिगत १० बर्ष पहिला सशस्त्र भूमिगत समूह तराई जनतन्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा धेरै अपराधमा संलग्न रही फरार रहेका मोष्ट वान्टेड डुडुवा गाउँपालिका ३ का धर्मा सिंह भन्ने राजेश यादवलाई प्रहरीले असार ८ गते पक्राउ गर्न सफल भयो ।

    त्यसैगरी प्रहरीले सवारी ज्यान मुद्दा दर्ता भई फरार रहेका, बम विष्पोटक मुद्दामा फरार रहेका, जबर्जस्ति करणी उद्योग मुद्दामा फरार रहेका, ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका, नागरिकता किर्ते मुद्दाका फरार, लागू औषध ब्राउन सुगर कारोबारी र प्रयोगकर्ता, जालसाक्षी मुद्दाका फरार, गौबध, अपहरण, शरिर बन्धक र आर्थिक लाभ मुद्दाका फरार दर्जनौं प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले एक सहकारीबाट ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ ठगी गरी फरार रहेका मुख्य प्रतिवादिदेखि लिएर नेपालमा दुर्लभ बन्यजन्तु मानिएको पाटे बाघको छाला र १० किलो ५०० ग्राम हड्ही सहित व्यक्तिहरु पक्राउ गरेको छ।

    प्राकृतिक श्रोतको दोहन अन्तर्गत २४ वटा क्रसर उद्योग बन्द गर्ने देखि लिएर प्रहरीले ५ करोडको अबैध गिट्टि, ढुङ्गा सिज गरेको छ । त्यस कार्यमा प्रयोग गरिएका २३ वटा ट्र्याक्टर र २ वटा जेसिबी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बाँके प्रहरीले बितेको यो दुई महिनामा १ करोड बढि जरिवाना समेत असुल गरेको छ । जिल्लामा हुने विभिन्न अपराधिक तथा कानुन विपरितका गतिविधिमा पक्राउ परेका ब्यक्ति, फरार अभियुक्त तथा ट्राफिक कारबाहिबाट १ करोड २ लाख ३४ हजार २१ रुपौयाँ राजश्व संकलन गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
    जिल्लामा भन्सार छली, चोरी निकासीमा संलग्न ५७ जना ब्यक्ति, उनीहरुले प्रयोग गरेको २८ वटा मोटरसाईकल, २ वटा बोलेरो गाडी र २ वटा अटो रिक्सा नियन्त्रणमा लिईएको छ । त्यसैगरी तस्कर नियन्त्रणबाट ७१ लाख ९० हजार ७ सय ३३, ट्राफिक कारवाही तथा जरिवानाबाट २१ लाख ८९ हजार, फरार अभियुक्तबाट एक लाख ८ हजार ५ सय ३८, जुवाबाट ३ लाख ४९ हजार ४ सय ५०, मास्क प्रयोग नगर्नेबाट २ लाख एक हजार ३ सय र प्राकृतिक स्रोतको दोहनबाट १ लाख ९५ हजार रुपैयाँ गरि कुल एक करोड २ लाख ३४ हजार २१ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

    No description available.

    यसबिचमा प्रहरीले अदालतबाट फैसला भई फरार हुँदै आएका अभियुक्तहरु पक्राउ गर्ने अभियान समेत संचलन गर्दै आएको छ । प्रहरीले दुई महिनाको अवधिमा बिभिन्न समयमा अदालतबाट कैद तथा जरिवाना सजाय पाएका ९८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग, कर्तब्य ज्यान, जबरजस्ती करणी, लागु औषध कारोबार मुद्धामा ३३ वर्ष २ महिना कैद सजाय तोकिएका ९८ जनाबाट १ लाख ८ हजार ५ सय ३८ रुपौयाँ जरिवाना समेत असुल गरीएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को एक वर्ष अबधिमा ५४ जना फरार अपराधी पक्राउ गरिएकोमा चालु आर्थिक वर्ष २०७७/०७८ को शुरु कै दुई महिनामै ९८ जना फरार अपराधी पक्राउ परेका छन । एसपी रानाले आफू बाँकेमा सरुवा भएर आउने बित्तिकै हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने बुँदालाई मुख्य प्राथमिकतामा राखेर विभिन्न १७ बुँदे कार्ययोजना अगाडी सार्नुभएको थियो।

    बाँके प्रहरी प्रमुखको रुपमा दुई महिना भित्र भए गरेका कामहरु हेर्दा एसपी रानाले आफुले ल्याएका १७ बुँदे कार्ययोजना कार्यान्वयन सफलता भएको देखिएको छ।
    तर बाँके जिल्ला भारतीय खुला सिमानासंग जोडिएको हुँदा साना हतियारको चुनौती त छ नै, यता अपराध गरेर सजिलै सीमावर्ती क्षेत्र पारी भाग्ने समस्या र उता अपराध गरेर यता लुक्न आउँने अपराधीहरुको चुनौती देखिन्छ भने, जिल्ला ठुलो रहेकोेले हत्या, तस्करी, प्राकृतिक दोहनमा पनि निकै चनाखो भै काम गर्नसके अझै प्रहरीले उत्कृष्ट काम गर्न सक्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij