आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मास्क नलगाउने चौध सयलाई कारवाही

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०७७



  • तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गर्दा रु एक लाख ४० हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

    तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप रु १०० का दरले जरिवाना गर्दा उक्त रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

    हाल विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशनबमोजिम तनहुँ जिल्लावासी जनतामा सचेतना जगाउँदै आएको प्रजिअ आचार्यले बताउनुभयो ।

    पछिल्लो समयमा कोरोना भाइरस अनपेक्षितरूपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समुदायस्तरमा समेत देखापरेकाले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामका लागि मास्क नलगाई पैदल हिँड्ने तथा सवारी साधन चलाई हिँड्ने व्यक्तिलाई कारवाही गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा गत भदौ १ गतेदेखि प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    शुरुमा पहिलोपटक मास्क लगाएर मात्रै हिँड्न भनेर सचेतना गराए पनि पटक–पटक जानकारी गराउँदा पनि अटेर गर्ने व्यक्तिलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij