आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्यास र पेट्रोलियमको पूर्वाधार विस्तार गर्न नेपाल र भारतबीच छलफल

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०७७



  • ७ भदौ, काठमाडौं । नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ । नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्ना बैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको विषयमा दुई पक्षबीच छलफल भएको मन्त्रालयका सहसचिव पे्रम कुमार श्रेष्ठले जानकारी दिए ।

    यस्तै, सिलगुढी-झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा रुपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइन विस्तारको विस्तृत सम्भाव्यता अध्ययन र चुनौतीबारे बैठक केन्द्रित थियो ।

    ‘निगमले अघि बढाउन लागेको पेट्रोलियम परियोजना र त्यसमा भारतीय आर्थिक, प्रविधिक सहयोग तथा आगामी दिनमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भयो,’ सहसचिव श्रेष्ठले भने ।

    यसअघिनै लागत अध्ययन भएका आयोजना समयमै अघि नबढाउँदा लागत थपिएको, अध्ययनको चरणमा रहेका आयोजनाहरुमा देखिएका आयोजनाका चुनौती र त्यसलाई हल गर्ने विषयमा बैठक केन्द्रीत भएको मन्त्रालयले जनाएको छ ।

    नेपाल भारत आपसी समझदारीमा नेपाल आयाल निगम र नेपालको पेट्रोलियम पूर्वाधार विकास गर्न तत्कालिन वाणिज्यमन्त्री सुनिलबहादुर थापाको भारत भ्रमणमा २०१७ मा नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङग्रुप (जेडब्लूजी) गठन भएको थियो ।

    वाणिज्य सहसचिव स्तरको उक्त समूहको पहिलो बैठक गत पुस २७ र २८ गते भारतको नयाँ दिल्लीमा भएको थियो । दोस्रो बैठक नेपालमा हुने तय भएपनि कोभिड-१९ का कारण दुई समूहबीच भिडियो कन्फ्रेन्समा बैठक भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै नेपालमा भारतीय विकास आयोजनाबारे परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतबीच भएको छलफलमा पनि यस विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij