प्रकाशित मिति : मङ्लबार, भदौ ९, २०७७
बिनिता शर्मा,दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पन्ध्रलाख धरौटीमा रिहा भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधी संहिता बमोजीम धरौटीमा छोडीएको बताईएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ३ महिनासम्म निलम्बन गरेकोे छ । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जाँदै गर्दा साउन १६ गते काठमाडौको नागढुंगामा पक्राउ गरेको हो ।
उनीसँग एक लाख ४० हजार नगद र आठ लाख चालीस हजार बैंकमा जम्मा गरेको भौचर बरामद गरेर हिरासतमा राखेर मुद्दा चलाइएको थियो । उनले पटकपटक विभिन्न स्थानमा भएका बिकास निर्माणकार्यमा कमिसन खोज्ने ठेकेदार कम्पनीहरुसंग पहिले नै रकम जम्मा नगर्दासम्म भुक्तानी नदिने गरेकोले सोही गतिविधिको उजुरीका आधारमा उनी पक्राउ परेको जानकारहरु बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij