आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वभर कोरोना : थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७



  • MERS-CoV particles on camel epithelial cells

    काठमाडौं । विश्वका २ सय १५ देशमा गरी गत २४ घण्टामा २ लाख ६२ हजार ६ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरले दिएको जानकारी अनुसार करिव ६ हजारको ज्यान गुमाएका छन्।

    गत २४ घण्टामा मात्र भारतमा ७६ हजार ८ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। उक्त तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ लाख ८४ हजार ५ सय बढी रहेको छ। ६१ हजार ६ सय बढीले कोरोनका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा १ हजार बढीले ज्यान गुमाएका छन्।

    भारतपछि गत २४ घण्टाको तथ्याङ्क अनुसार अमेरिकामा ४५ हजार ७ सय बढी थप कोरोनाका संक्रमितहरु फेला परेका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ६० लाख ४६ हजार बढी रहेको छ। अमेरिकामा १ लाख ८४ हजार ७ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र १हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

    यस्तै, अमेरिकापछि ब्राजिलमा ४२ हजार ४ सय बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा मात्र थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या ३७ लाख ६४ हजार ४ सय बढी रहेको छ। कोरोनाका कारण हालसम्म १ लाख १८ हजार ७ सय बढीले ज्यान समेत गुमाएका छन् भने, गत २४ घण्टामा ९ सय ७० जनाको कोरोनका कारण मृत्यु भएको छ।

    यस्तै गत २४ घण्टामा ब्राजिलपछि अर्जेन्टिनामा १० हजार १ सय बढी कोरोनाका संक्रमित थपिएका छन्, कोलोम्बियामा ९ हजार ७ सय बढी, फ्रान्समा ६ हजार बढी, मेक्सिकोमा ५ हजार बढी, रसियामा ४ हजार बढी र स्पेन, इराक र फिलिपिन्समा ३ हजार बढी कोरोनाका संक्रमितहरु थपिएको तथ्याङ्कले देखाएको छ।

    गत २४ घण्टामा २ हजार बढी कोरोनाका संक्रमित थपिने देशमा इन्डोनेसिया, दक्षिणी सुडान, बंगलादेश इरान, इजराइल रहेका छन्। यस्तै, नेपाल, यूक्रेन, चिली, जर्मनी, यूके रोमानिया, टर्कि, इटाली, मोरोक्को, इथोपिया, गोटेमाला, बोलिभिया र साउदी अरवियामा १ हजार बढी कोरोना संक्रमित फेला परेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij