आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कास्कीमा निषेधाज्ञासम्बन्धि नयाँ मापदण्ड

  • प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७



  • पोखरा । कास्कीमा जारी निषेधाज्ञा भदौ २० गतेसम्मको लागि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले २० गतेसम्मको लागि निषेधाज्ञा खुकुलो पार्ने निर्णय लिएको हो । भदौ १२ गते राती १२ बजे सकिन लागेको निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयले नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डअनुसार केही सेवा माथिको बन्देज कायमै राखे पनि निषेधाज्ञा खुकुलो पारेको हो ।

    नयाँ मापदण्डअनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनहरु चल्न पाउने छैनन् । त्यसैगरी, बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म नीजि सवारी र ट्याक्सी चल्न पाउने छन् । नीजि तथा सार्वजनिक सवारी सञ्चालनको हकमा जोर गतेमा जोर नम्बरका सवारी चल्न पाउने छन् भने बिजोर गतेमा बिजोर नम्बरका नीजि सवारी तथा ट्याक्सी चल्न पाउने छन् ।

    विश्वविद्यालय, क्याम्पस, विद्यालय र शैक्षिक संस्थाको हकमा बन्देज कायमै छ । सैलुन, सिनेमा घर, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फिटनेस सेन्टर, ब्युटी पार्लर लगायतका क्षेत्र पनि बन्द हुने छन् । सरकारी तथा गैह्रसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाको हकमा सामाजिक दुरि कायम राख्दै भीडभाड नगरि सेवा दिन छुट दिइएको छ । निर्माण तथा उद्योग र अन्य काम तथा सेवा प्रवाहको लागि सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित तवरले सञ्चालनमा आउन पाउने छन् । होटल तथा रेष्टुरेन्टले साँझ ६ बजे सम्मको लागि टेक अवे सेवा दिन पाउने छन् ।

    राती १२ बजे सकिन लागेको निषेधाज्ञाको अवधि थप नगर्न शुक्रबार पोखरा महानगरले जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको थियो । केही सेवामाथिको बन्देज कायमै राख्न भने पनि महानगरले निषेधाको अवधि नथप्न भनेको थियो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निषेधाज्ञा मात्रै समस्याको समाधान नभएको बताउँदै निषेधाज्ञा नथपिने जिकिर गरेका थिए ।

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले २० गतेसम्म निषेधाज्ञा खुकुलो पारे पनि परिस्थिति हेरेर थप कडाई गर्न सकिने बताए । उनले भदौ ३ गतेदेखि जारी १० दिन लामो निषेधाज्ञा प्रभावकारी देखिएको सुनाए । ‘आजको रिपोर्ट अनुसार केही त्रसित बनाएको छ । त्यो रिपोर्ट पेन्डिङमा पनि हुनसक्छ । तर, निषेधाज्ञा प्रभावकारी नै देखिएको छ,’ उनले भने, ‘निषेधाज्ञामा खासै चहलपहल पनि नभएको हुनाले प्रभावकारी बन्यो । २० गतेपछि अवस्था हेरेर थप कडाई हुन पनि सक्छ ।’

    पोखरा महानगरमा पछिल्लो अपडेटअनुसार कूल संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये १८४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । पोखरा महानरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यकाअनुसार पोखरा महानगरका ३३ वडामध्ये वडा नम्बर १६, १७, ५, ८, ९, १९ र २७ मा बढी संक्रमित छ । महानगरले बढी जोखिम देखिएका वडामा सिल गरेर जानको लागि प्रस्ताव समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij