प्रकाशित मिति : आइतवार, भदौ १४, २०७७
काठमाडौं । शनिबार उपत्यकामा ४२९ सहित देशभर १२२१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १२२१ संक्रमित थपिएको जानकारी दिए।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जना गरी काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३८ हजार ५६१ पुगेको छ।
हालसम्म २० हजार ८२२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २६७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २२१ पुगेको छ। गत २४ घण्टामा १२ हजार ७१७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ७९७ जना क्वारेन्टिनमा रहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij