प्रकाशित मिति : आइतवार, भदौ १४, २०७७
नवीन पौडेल, सल्यान । सल्यान जिल्लाको छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष के. सी. ले पत्रकार सम्मेलन मार्फत आफ्नो पारिवारिक सम्पत्ति विवरण सार्बजनिक गर्नुभएको छ। संयुक्त परिवार अन्तर्गत आफ्नो , श्रीमति,भाइ र आमाको नाममा रहेको सम्पत्ति र आम्दानी विवरण सार्बजनिक गर्नुभएको हो।
सम्पत्ति विवरण यसप्रकार छ:
सल्यान जिल्लाको श्रीनगर बजारमा दुईटा घर,
लान्तिमा एउटा घर,
दाङको तुलसीपुरमा एउटा घर,
काठमान्डौको मन्डिखाटारमा एउटा घर,
दाङको तुलसिपुर उपमहानगरपालिकामा करिव १२ कट्ठा खेत,
सल्यान जिल्लाको साङ्कोट, भोटेचौर, लान्ती , फलाबाङ क्षेत्रमा करिब २५ रोपनी जग्गा
र श्रीनगरमा घडेरी ४ र छत्रेश्वरी मा १ गरि पाँचवटा घडेरी,
सुन २५ तोला,
एउटा कार क्रेटा
दुईवटा ट्याक्टर,
एउटा मोटरसाइकल होन्डा साइन ,
एउटा बुलेट मोटरसाइकल र
ब्यबसाय संचाद सप्लायर्स ( हार्डवयर),
सन्तोष इन्टरप्राईजेज रहेका छन। यसैगरी,
आम्दानी यसप्रकार छ।
दाङ, सल्यान, काठमान्डौ घर भाडा बार्षिक ७० लाख,
तलब भाई सुधन केसि तारा यएरलाईन्स (क्याप्टेन – पाईलट) बार्षीक ७५ लाख,
आफ्नो तलब बार्षीक ४ लाख ३ हजार छत्रेश्वरी गाउँपालिका।
ब्यासाय संचात सप्लायर्स बार्षीक ६० लाख र
ट्याक्टरबाट २४ लाख बार्षिक कमाईने उहाँको भनाइ रहेकोे छ।
ॠण यस्प्रकार छ।
७ करोड ९५ लाख ५० हजार ( कुमारी बैंक ) र बैंक ब्यालेन्स ३५ लाख आजका दिनसम्म।
राज्री पुनः संरचना पछि देश भरी प्राय जनप्रतिनिधिहरुले सम्पत्ति विवरण सार्बजनिक गर्नुपर्छ भन्ने बारम्बार प्रश्न उठिरहेका बेला अध्यक्ष के सी ले आफ्नो सम्पत्ति सार्बजनिक गर्नुभएको हो। जनप्रतिनिधिहरुको सम्पत्ति कति छ , कहाँ छ भन्दै बारम्बार प्रश्न उठाइने गरिन्थो । अध्यक्ष के. सी. जिल्ला मै पहिलो पटक सम्पत्ति सार्बजनिक गर्ने जनप्रतिनिधि बन्नु भएको छ। यो कसैलाई सम्पत्ति देखाउनका लागि न भै एउटा स्थानीय सरकारको प्रमुखको नाताले सार्वजनिक गरिएको हो यस्मा उहाँलाई सबैले सकारात्मक रूपमा हेर्नुपर्छ र यहीं अनुसार सबै जनप्रतिनिधिहरुले आ आफ्नो सम्पत्ति बिवरण प्रष्ट हुने गरि सार्बजनिक गर्दा झनै पार्दशीता देखिने थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij