प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५३ लाख २२ हजार ३०० पुगेको छ। ती मध्ये १ करोड ७६ लाख ४० हजार ७८ जना उपचारपछि निको भएका छन् भने हालसम्म ८ लाख ४८ हजार ९८९ जनाको मृत्यु भएको छ।
अहिले ६८ लाख ३३ हजार २३३ संक्रमितको उपचार भइरहेको छ। ती मध्ये १ प्रतिशत अर्थात ६१ हजार ३२५ विमारीको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बाँकी ९९ प्रतिशत विमारीमा कोरोना संक्रमणको सामान्य लक्षणमात्रै देखिएको छ।
सामान्य लक्षण देखिनेको संख्या ६७ लाख ७१ हजार ९०८ रहेको छ। विश्वमा सबैभन्दा धेरै १६ हजार २१ विमारी अमेरिकाका हुन् जो भ्यान्टिलेटरमा छन्। भारतमा त्यस्ता विमारीको संख्या करिव ९ हजार छ।
सबैभन्दा धेरै संक्रमित हुने मुलुकमा पहिलो नम्बरमा रहेको अमेरिकामा हालसम्म ६१ लाख ६२ हजार २९० संक्रमित छन् अमेरिकामा १ लाख ८७ हजार संक्रमितको मृत्यु भएको छ भने ३४ लाख १५ हजार ९३२ जना उपचारपछि निको भएका छन्।
यसैगरी ब्राजीलमा ३८ लाख ४७ हजार ७३९ जना संक्रमित भएका छन् भने १ लाख २० हजार ५४६ जनाको मृत्यु भएको छ। त्यहाँ ३० लाख ६ हजार ८ सय १२ जना उपचारपछि निको भएका छन्।
यसैगरी भारतमा ३६ लाख १९ हजार १६९ जना संक्रमित भएका छन् भने भारतमा मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको छ। त्यहाँ २७ लाख ७२ हजार ९२८ जना उपचारपछि निको भएका छन्।
रुसमा ९ लाख ९० हजार ३२६ जना संक्रमित भएका छन् भने १७ हजार ९३ जनाको मृत्यु भएको छ। त्यहाँ ८ लाख ६ हजार ९८२ जना उपचारपछि निको भएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij