आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७



  • नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’को नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal-PAN) लिने क्रम निकै बढेको छ । चालु आर्थिक बर्षको साउनदेखि भदौ १५ सम्ममा मात्रै ४ लाखले प्यान लिएका छन।

    सरकारले १ हजार रुपैयाँभन्दा बढी रकमको भुक्तानी बैंकमार्फत गर्नुपर्ने र रोजगारीबाट पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरुपमा प्यान लिनुपर्ने नीति लिएको छ । यससँगै बजारमा प्यान कार्ड लिनेबारेमा अनेक किसिमका जिज्ञासा र अफवाह चलेको पाइन्छ ।

    व्यक्तिगत प्यान कार्ड लिएपछि के हुन्छ? यो करदाताले सबैभन्दा बढी सोध्ने प्रश्न हो । स्थायी लेखा नम्बर लिएपछि के फाईदा वा बेफाईदा हुन्छ? भन्ने ढंगले आउने प्रश्नहरुको जवाफ खोजौं ।

    व्यक्तिगत प्यान लिएपछि कुनै विशेष सुविधा वा सहुलियत पाइँदैन । उसोभए प्यान लिनु र नलिनुमा के फरक छ? उदाहरणको लागि यदि एक व्यक्तिले वर्षौंदेखि आयकर, सामाजिक सुरक्षा कर नियमित रुपमा तिरिरहेको छ । तर, उसले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छैन भने उक्त व्यक्तिको तर्फबाट तिरेको कर एकमुष्ठरुपमा कार्यालयको तर्फबाट कर दाखिला हुन्छ । व्यक्तिगतरुपमा भुक्तानी भएको देखिँदैन ।

    कुनै काम विशेषका लागि कर तिरेको प्रमाण चाहिएको खण्डमा सम्बन्धित रोजगारदाता वा कार्यालयले व्यक्तिको तर्फबाट भुक्तानी भएको करको प्रमाणसहित कर कार्यालयलाई पत्राचार गरेपछि कर कार्यालयले विवरण भिडाउँछ । अनिमात्रै व्यक्तिले कर दाखिला गरेको पत्र कर कार्यालयले दिन्छ ।

    व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध भएमा करकट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न सकिन्छ । र, भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा विवरण खोज्न सकिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर नहुँदा आफुले तिरेको करको विवरण समेत सहजै फेला पार्न सकिँदैन । तर, स्थायी लेखा नम्बर लिएको खण्डमा करको विवरण सहजै उपलब्ध हुन्छ ।

    व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने हुँदैन । बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यवस्थित गर्न सघाउँछ । तपाईंले तिरेको कर बेवारिसे हालतमा छोड्ने कि सप्रमाण कम्प्युटर सिस्टममा व्यवस्थित गर्ने? व्यक्तिगत स्थायी लेखा नम्बर लिने विषय यही प्रश्नसँग सम्बन्धित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij